site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । मंगलबार चीनको राजधानी बेइजिङमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली चीनको चारदिने औपचारिक भ्रमणको सिलसिलामा सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मंगलबार नै यसअघि प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो । वार्तापछि नेपाल र चीनबीच नौ समझदारी (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार, नेपाल र चीनबीच टोखा–छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदानप्रदान, नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र, नौतले वसन्तुपर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदानप्रदान, थर्मली प्रोसेस बफेलो मिट निर्यातसम्बन्धी प्रोटोकल, विकास योजनासम्बन्धी समझदारीपत्र, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र, नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान, स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र र नेपाल टेलिभिजन र चाइना मिडियाबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १४:२३
प्रतिक्रिया दिनुहोस्