site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपालले चीनसँग कस्तो सहयोग माग्यो ?

काठमाडौं । नेपाल र चीनले संयुक्त वक्तव्य जारी गरेका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग भएको भेटवार्तापछि दुवै पक्षबाट १२ बुँदे संयुक्त वक्तव्य जारी गरिएको हो ।

नेपालले चीनसँग विभिन्न परियोजनाका लागि सहयोग मागेको छ । संयुक्त वक्तव्यमा चीनले मुस्ताङको कोरला क्षेत्रमा आन्तरिक क्लियरेन्स डिपो र एकीकृत चेक पोस्ट निर्माणमा सहजीकरण गर्ने उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

केरुङ–काठमाडौं सीमापार रेलवेको सम्भाव्यता अध्ययनलाई जारी राख्ने, चीन–नेपाल रेलवे सहयोगसम्बन्धी नवौं कार्य बैठक आयोजना गर्ने, चिनियाँ पक्षले नेपाललाई रेलवे क्षेत्रका प्राविधिक जनशक्तिलाई तालिम दिने उल्लेख छ ।

नेपालले प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा खेलकुद रंगशाला निर्माण गरिदिन आग्रह गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सिटी हल निर्माण गरिदिन चीनसँग आग्रह गरेको छ ।

संयुक्त वक्तव्यमा नेपालले चीनलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको विकासमा तीव्रता दिन आग्रह गरेको उल्लेख छ । 

ऊर्जा क्षेत्रमा सहकार्यलाई थप विस्तार गर्ने र नयाँ ऊर्जामा पनि आदान–प्रदानको सम्भावनाहरू खोजी गर्ने दुई पक्ष सहमत भएका छन् ।

संयुक्त वक्तव्यमा केरुङ–रसुवागढी–चिलिमे २२० केभी सीमा–पार विद्युत् प्रसारणलाइनको सम्भाव्यता अध्ययनलाई तीव्रता दिनेलगायत सहमति भएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  ०७:५०
प्रतिक्रिया दिनुहोस्