site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बिटक्वाइनको मूल्य एक लाख डलर नाघ्यो, बनायो नयाँ रेकर्ड

काठमाडौं । क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पहिलोपटक एक लाख अमेरिकी डलर नाघ्दै नयाँ रेकर्ड बनाएको छ ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोमैत्री नीति अपनाउने अपेक्षाबीच विश्वकै ठूलो क्रिप्टोकरेन्सीको मूल्य बढेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ट्रम्पले अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन (एसईसी)का पूर्वआयुक्त पल एटकिन्सलाई फेरि वालस्ट्रिटको नियामकमा मनोनीत गर्ने बताएको केही घण्टामै बिटक्वाइनको मूल्य एक लाख अमेरिकी डलर नाघेको हो ।

ट्रम्पले नियुक्त गर्ने भनिएका एटकिन्स एसईसीका वर्तमान प्रमुख ग्यारी जेन्सलरभन्दा बढी क्रिप्टो समर्थक मानिन्छन् ।

अहिले विश्वको क्रिप्टो उद्योग ३.३ ट्रिलियन अमेरिकी डलर पुगेको अनुमान गरिएको छ ।

गत महिना ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै बिटक्वाइनको मूल्य बढ्न थालेको थियो । उक्त निर्वाचनको दिनयता एक लाख अमेरिकी डलर पुग्न बिटक्वाइनको मूल्य ४० प्रतिशतले बढेको छ ।

ट्रम्पले अमेरिकालाई पृथ्वीको क्रिप्टो राजधानी बनाउने टिप्पणी समेत गरेका छन् । रोयटर्स 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्