site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबारदेखि, के छन् एजेण्डा ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक मंसिर २६ र २७ बस्ने भएको छ । 

केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीको देशभर सांगठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ । नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत असारमा दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको पार्टीले अहिलेसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसंगठन इन्चार्ज तोकेको छैन । 

पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले टुंगो लगाएको नामावली बैठकले अनुमोदन गर्ने बताइएको छ । रासस

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्