site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कजारिया टायल्सको ‘मेसन मिट २०२४’ सम्पन्न

काठमाडौं । भारतीय चर्चित टायल्स कम्पनी कजारिया टायल्सले हालै काठमाडौंमा ‘मेसन मिट २०२४’ सम्पन्न गरेको छ । उक्त मिटमा १५० भन्दा बढी मिस्त्री सहभागी भएका थिए ।

मिटमा भारतबाट समेत प्रशिक्षक ल्याई नेपाली प्राविधिकसँग उच्च गुणस्तर र नयाँ प्रविधिका बारेमा गहन छलफल गराइएको थियो । मेसन मिटको उद्देश्य मिस्त्रीहरूलाई निर्माण अभ्यासको ज्ञान दिने र ब्रान्ड चेतनाका बारेमा छलफल गर्ने थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मिटमा कजारिया ब्रान्डको गुणस्तर, नयाँ प्रविधि र मूल्यको समेत जानकारी दिइएको थियो । आफ्ना ग्राहक, उपभोक्ता, डिलर र निर्माणविज्ञलाई प्राथमिकतामा राखिएको र स्थानीयस्तरमा घर तथा आवासहरूको निर्माणमा योगदान गरिरहेका मिस्त्रीहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

मिटमा काजरिया रमेश टायल्सका कन्ट्री हेड प्रविन सिंहले भने, “मानिसले घर बनाउँदा आफू र आफ्नो परिवारको सुरक्षालाई केन्द्रमा राख्ने हुनाले उपयुक्त तथा गुणस्तरीय निर्माण सामग्रीको छनोटका साथै दक्ष जनशक्तिको प्रयोग पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ ।”

काजरिया रमेश टायल्स नेपालको प्रमुख व्यापारिक तथा औद्योगिक समूह रमेश कर्प र भारतको कजारिया सिरामिक्स लिमिटेडको संयुक्त लगानीमा दुई वर्षअगाडि नवलपरासीमा स्थापित कम्पनी हो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्