site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्य क्षेत्रको लगानी व्यवस्थित गर्न जरुरी : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा गरिएको लगानीलाई व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् । स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

स्वास्थ्य क्षेत्रमा व्यवस्थित लगानी नहुँदा परिणाम दिन नसकिएको उनले उल्लेख गरे । उनले यस क्षेत्रमा आवश्यकताअनुसार लगानी हुन नसकेको र भएको पनि व्यवस्थित गर्न नसकिएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“स्वास्थ्यमा भएको लगानी व्यवस्थित नभएकाले जुन परिणाम दिनुपर्ने हो, त्यो परिणाम प्राप्त हुन सकेको छैन,” उनले भने, “लगानी पनि आवश्यकताअनुसार (पूर्ण हुने कुरा त धेरै परको कुरा भयो) न्यूनतम आवश्यक पूरा गर्ने ढंगको पनि भइरहेको छैन ।”

उनले नागरिकको स्वास्थ्य सरकारको पहिलो दायित्व भएको पनि उल्लेख गरे । स्वास्थ्यको दायित्वबाट सरकार विमुख हुन नमिल्ने उनले बताए । स्वास्थ्य क्षेत्रका संरचना र जनक्तिलाई पनि व्यवस्थित गर्न आवश्यक रहेकामा उनले जोड दिए । “...अस्पताल बनाएर मात्रै हुँदैन, अस्पतालभित्र उपकरण र जनशक्ति पनि हुनुपर्छ,” उनले भने ।

मन्त्री पौडेलले आर्थिक पक्षबाट पनि स्वास्थ्यलाई सर्वसुलभ र सहज बनाउनुपर्ने बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्