site stats
बाह्रखरी :: Baahrakhari
कला
मानवअधिकार चलचित्र महोत्सवमा रेमन्यान्ट्सले जित्यो नेपाली पानारोमा अवार्ड

काठमाडौं । १२औँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सवमा रेमन्यान्ट्सले नेपाली पानारोमा अवार्ड जितेको छ । फिल्मको निर्देशन धनराज बार्कोटेले गरेका हुन् ।

बिहीबार सम्पन्न महोत्सवमा देवी वृत्तचित्रकी निर्देशक सुविना श्रेष्ठले उत्कृष्ट महिला फिल्ममेकरको अवार्ड जितिन् । ब्ल्याक रेन इन माई आइजले उत्कृष्ट लुघवृत्तचित्र अवार्ड जितेको छ । त्यस्तै, सर्ट फिक्सनजतर्फ द फस्र्ट फिल्मले अवार्ड जितेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अवार्ड विजेताहरूलाई प्रतिनिधिसभा सांसद ठाकुर गैरे, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, आयोजक नेपाल मानवअधिकार चलचित्र केन्द्रका अध्यक्ष पाण्डव खत्री लगायतले अवार्ड वितरण गरे ।

फिचर डकुमेन्टी अवार्ड ह्वेर वी युज्ड टु स्लिप वाईले जित्यो । फिचर फिक्सनतर्फको अवार्ड पायल कपाडिया निर्देशित अल वि इम्याजिन एज लाइटले जितेको छ ।

सामूहिक अधिकार नारासहित मंसिर २४ गतेदेखि नेपाल चलचित्र बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा महोत्सव चलेको थियो । महोत्सवका दौरान विभिन्न देशका ५३ फिल्म प्रदर्शन गरिएको थियो ।

महोत्सवअघि भारतका चर्चित फिल्ममेकर निलोतपल मजुम्दरले चारदिने वर्कसप समेत सञ्चालन गरेका थिए । जसमा नेपाल, बंगलादेश, भारत, पाकिस्तानलगायत देशका युवा फिल्ममेकर सहभागी थिए ।

महोत्सवको सुरुआतमा ‘अल वि इम्याजिन एस लाइट’ र अन्तिम दिन ‘इन द बेली अफ अ टाइगर’ प्रदर्शन गरिएको थियो । कान्स, बर्लिनलगायत विश्वका प्रतिष्ठित फेस्टिभलहरूमा अवार्ड जितिसकेका वृत्तचित्र तथा चलचित्र यस महोत्सवमा प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १९:०७
प्रतिक्रिया दिनुहोस्