site stats
बाह्रखरी :: Baahrakhari
देश
अमेरिकी डलर देखाइ साढे ६ लाख ठगी गर्ने दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । प्रहरीले अमेरिकी डलर देखाइ प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा दुईजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६, गाती घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–८, गणेश बस्ती डेरा गरी बस्ने ३७ वर्षीय विक्रम श्रेष्ठ र भक्तपुर सूर्यविनायक नगरपलिका–९ खत्रीटोल डेरा गरी बस्ने ५५ वर्षीय दिलबहादुर श्रेष्ठ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले भने, “भक्तपुर चाँगुनारायण नगरपालिका–४, एकान्त ठाउँमा यही मंसिर १३ गते ओखलढुंगाको लिखु गाउँपालिका–९, पोकली घर भएकी ४१ वर्षीया महिलालाई फोन तथा ह्वाट्सएपमार्फत अमेरिकी डलर सटही दर रेटभन्दा सस्तोमा उपलब्ध गराउने भनी प्रलोभन देखाइ ६ लाख ५० हजार ठगी गरेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको हो ।”

उनीहरूको साथबाट प्रहरीले स्कुटर एक थान र मोबाइल चार थान समेत बरामद गरी अनुसन्धान गरी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाइएको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक आचार्यले बताए । रासस

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  २०:११
प्रतिक्रिया दिनुहोस्