site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बाइडेनद्वारा १५ सय अपराधीलाई क्षमादान

वासिङ्टन । कार्यकाल सकिन लागेका अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार करिब एक हजार पाँच सय अपराधीको सजाय कम गरेका छन् । अन्य ३९ जनालाई अहिंसात्मक अपराधका लागि माफी दिएका छन् । यसलाई ह्वाइट हाउसले अमेरिकी इतिहासमा एकैदिनमा सबैभन्दा ठूलो क्षमादानको कार्य भनेको छ ।

“सफल पुनःस्थापना देखाउने ३९ जनालाई म क्षमा गर्दछु,” बाइडेनले विज्ञप्तिमा भने, “लामो जेल सजाय भोगिरहेका लगभग एक हजार पाँच सय व्यक्तिको सजाय पनि कम गर्दैछु ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ह्वाइट हाउसले सजाय कम गरिएका करिब एक हजार पाँच सय मानिसले कम्तीमा एक वर्षदेखि घरमै सजाय भोगिरहेको बताएको छ ।

“अमेरिका सम्भावना र दोस्रो अवसरको प्रतिज्ञामा निर्माण भएको हो,” बाइडेनले भने, “राष्ट्रपतिको हैसियतमा मलाई पश्चाताप र पुनःस्थापना देखाउने व्यक्तिहरूप्रति दया विस्तार गर्ने महान् विशेषाधिकार छ ।”

यस महिना बाइडेनले आफ्नो छोराको कानुनी समस्यामा हस्तक्षेप नगर्ने पहिलेको आश्वासनका बाबजुद दुई आपराधिक मुद्दाका लागि सजाय भोगिरहेका आफ्नो छोरा हन्टरलाई आधिकारिक माफी जारी गरेकोमा आलोचनाको सामना गर्नु परेको थियो । रासस/एएफपी

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  २३:१३
प्रतिक्रिया दिनुहोस्