site stats
बाह्रखरी :: Baahrakhari
देश
श्रीमतीको हत्या गरेको अभियोगमा धरानबाट एकजना पक्राउ

काठमाडौं । श्रीमतीको हत्या गरेको अभियोगमा धरानबाट आज एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–२ पुरानो बजार डेरा गरी बस्ने भोजपुरको अरूण गाउँपालिका–६ जरायोटार घर भएका ३७ वर्षीय अमृत रसाईली छन् ।

प्रहरीका अनुसार, श्रीमती २८ वर्षीया सम्झना रसाईलीको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अमृतले वादविवादको क्रममा खुकुरी प्रहार गर्दा सम्झनाको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १५:२७
प्रतिक्रिया दिनुहोस्