site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आगामी निर्वाचनमा देशैभर उमेदवार उठाउने एकीकृत समाजवादीको निर्णय 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले जनताका मागलाई जोडेर संघर्षको माध्यमबाट नै पार्टी निर्माण गर्न सकिने निचोड निकालेको छ । पाँच दिनदेखि जारी स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी दिँदै उपाध्यक्ष तथा प्रवक्ता जगन्नाथ खतिवडाले उक्त जानकारी दिए ।

“जनताका मागलाई जोडेर जनसंघर्षकै माध्यमबाट पार्टी निर्माण गर्न सकिन्छ । पार्टी पूर्णरूपमा गाउँका जनतासँग साक्षात्कार गर्नुपर्छ भन्ने दिशामा निर्णय केन्द्रित छ,” उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एकीकृत समाजवादीले पाँच दिनसम्म आगामी कार्ययोजनाबारे छलफल गरेको हो । बैठकले आगामी निर्वाचनमा देशैभरि पार्टीको उमेदवार खडा गर्ने गरी अघि बढ्ने निर्णय पनि गरेको छ ।

“आगामी निर्वाचनमा एकीकृत समाजवादी सशक्त पार्टीको रूपमा उभ्याउने, कलम चिह्नका उमेदवारलाई देशैभरि स्थापित गराउने भन्ने विषयमा छलफल केन्द्रित छ,” उनले भने । 

बैठकले कुनै पार्टीसँग एकताको सम्भावना नरहेको निचोड निकालेको छ । “देशका अन्य कुनै पार्टीसँग एकीकरण, एकता गर्ने सम्भावना आज नरहेको जानकारी गराउन चाहन्छौँ,” खतिवडाले भने, “सहकार्यको सम्भावना सधैँ जीवित हुदाँ राष्ट्रिय एजेन्डामा सहकार्य गर्न तयार छौँ ।”

बैठक मंगलबार पनि बस्ने र पूर्ण निर्णय सुनाइने उनले बताए । बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने उनले बताए ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्