site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
निबन्धकार ग्वंगःको निबन्धकृति ‘मै एक मै अनेक’ लोकार्पित

भक्तपुर । अग्रज निबन्धकार एवम् संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःद्वारा लिखित निबन्धकृति ‘मै एक मै अनेक’ एक कार्यक्रमकाबीच लोकार्पित भएको छ ।

सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नारायणमान विजुक्छे रोहितले प्रकाशित कृति सार्वजनिक गर्दै ग्वंगःको लेखन र उनको लेख्य शैलीको प्रशंसा गरे । उनले साहित्यले गलत प्रवृत्तिमाथि प्रहार गर्नसक्नुपर्नेमा जोड दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अर्का वक्ता भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले साहित्यकार ग्वंगःको साहित्य मात्र नभएर भक्तपुरको कला र संस्कृति संरक्षणमा पनि विशिष्ट योगदान रहेको बताए ।

कृतिकार ग्वंगःले आफूले निबन्ध लेखेर महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सुनाउँदा महाकविले लेख्न नछोड्नु भनेर काँधमा धाप मारेको प्रसंग स्मरण गर्दै आफूले निबन्ध त्यही समयदेखि लेख्दै आएको बताए ।

साहित्यकार ग्वंगःले राजनीतिज्ञ विजुक्छेले भक्तपुरको विकासमा पुर्‍याएको योगदानको चर्चा गर्दै पदमा आसिन हरेकले आफ्नो क्षेत्रको विकास त्यसरी गरिदिने हो भने देश आफैं बन्ने बताउँदै आफ्नो क्षेत्रको विकासमा काम नगरिनु निन्दनीय भएको बताए ।

भक्तपुर महोत्सव अन्तर्गत पुस्तक मेला हुँदै गरेको लाम्हुँग चौर कमलविनायकमा आयोजित उक्त कृति सार्वजनिक कार्यक्रममा साहित्यकार श्रीओम रोदन र प्रकाशक ऋषिराम पाण्डेले बोलेका थिए । निबन्धकृति सुन्दर स्वदेश पब्लिकेशनले बजारमा ल्याएको हो ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  २१:३३
प्रतिक्रिया दिनुहोस्