site stats
बाह्रखरी :: Baahrakhari
कला
‘सोल्टिनी’मा यस्तो छ कलाकारको लाइनअप 

काठमाडौं । निर्माण घोषणा गरिएको चलचित्र ‘सोल्टिनी’का लागि कलाकारहरूको लाइनअप पूरा भएको छ । 

निर्देशक अर्जुन सुवेदीका अनुसार ‘सोल्टिनी’मा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति रहने भएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्रमा अभिनेता प्रकाश सपूत, विल्सन विक्रम राई, अभिनेत्री परीक्षा लिम्बू, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायत कलाकारहरूको अभिनय रहनेछ । चलचित्रमा अडिसनमार्फत छनोट भएकी सब्बु गुरुङको पनि अभिनय रहनेछ । 

चलचित्रले अमानवीयता र जातीय भेदभावविरुद्ध आवाज उठाउने निर्माणपक्षले जनाएको छ । चलचित्रको छायांकन पुस १५ बाट सुरु हुनेछ । ‘सोल्टिनी’ २०८२ असोज ३ गते संविधान दिवसको दिन रिलिज हुनेछ । 
 

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्