site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मर्जरका निम्ति होन्डा र निसानबीच सम्झौता, टेस्ला र चिनियाँ ईभीलाई धक्का 
तस्बिर : गेट्टी इमेज

टोकियो । जापानको अटो कम्पनी होन्डा र निसानबीच एकीकरण (मर्जर)का लागि प्रारम्भिक छलफल सुरु भएको छ । यो सम्झौताले टेस्ला, चिनियाँ ईभी र अन्य विद्युतीय सवारीसाधन निर्माता कम्पनी निक्केई, फाइनान्सियल टाइम्सलगायतसँग प्रतिस्पर्धा गर्न मद्दत पुग्ने बताइएको छ ।

यी दुई कम्पनीबीच गत मार्चमा विद्युतीय सवारी साधनमा रणनीतिक साझेदारी गर्न सहमति भएको विश्लेषकहरूले बताएका छन् । होन्डाका एक प्रवक्ताले बुधबार भने, “सम्भावित एकीकरणको सम्भावनाबारे छलफल भइरहेको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हामी भविष्यमा होन्डा र निसानबीच सहयोगका लागि सम्भावनाहरूबारे छलफल गरिरहेका छौँ, तर केही निर्णय गरिएको छैन,” प्रवक्ताले भने । 

“यस वर्षको मार्चमा घोषणा गरिएअनुसार होन्डा र निसानले भविष्यमा सहकार्यका लागि विभिन्न सम्भावनाको खोजी गरिरहेका छन्,” निशानले भनेको छ,“यदि कुनै अद्यावधिकहरू भएमा हामी उपयुक्त समयमा हाम्रा सरोकारवालाहरूलाई सूचित गर्नेछौँ ।”

विशेष गरी निशानले गत महिना नौ हजार रोजगारी कटौतीको घोषणा गरेको थियो र यसको वार्षिक बिक्री पूर्वानुमान घटाएको थियो ।

प्रारम्भिक छलफल सुरु भएको घोषणाले बुधबारको सुरुवाती कारोबारमा निसानको सेयर मूल्य २० प्रतिशतभन्दा बढीले बढेको थियो भने होन्डाको सेयर एक प्रतिशतभन्दा बढीले घटेको थियो । 

मित्सुबिसी मोटर्सको सेयर मूल्य १४ प्रतिशतले बढेको छ । रासस/एएफपी

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्