site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हेटौँडा उपमहानगरपालिकाको चालु बजेट वृद्धि

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ का निम्ति करिब २० करोड रुपैयाँ बजेट वृद्धि गरेको छ । हेटौँडा उपमहानगरपालिकाको नगरसभाको १६औँ अधिवेशनको बैठकबाट चालु आव २०८१/८२ का निम्ति विनियोजित बजेटमा १९ करोड ९७ लाख रुपैयाँ वृद्धि गर्ने निर्णय गरिएको हो ।

गएको असार १० गते उपमहानगरपालिकाको नगरसभाबाट चालु आव २०८१/८२ का निम्ति दुई अर्ब ५२ करोड रुपैयाँको बजेट विनियोजन गरिएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चालु आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न तथा नगर क्षेत्रका नागरिकको जीवनस्तरमा सुधार ल्याउन बजेट संशोधन गरी वृद्धि गरिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । 

हेटौँडा उपमहानगरपालिकाले चालु आव २०८१/८२ को पाँच महिनाको अवधिमा विभिन्न शीर्षकबाट २० करोड ६२ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरिएको जनाएको छ ।

उक्त अवधिमा चालु आव २०८१/८२ को कुल बजेटमध्ये २१.१२ प्रतिशत खर्च भएको उपमहानगरपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्