site stats
बाह्रखरी :: Baahrakhari
देश
भक्तपुरमा बाबुछोरा हत्या प्रकरण : पक्राउ परे जेठो छोरा ? 

काठमाडौं । भक्तपुरमा भएको कुलप्रसाद आचार्य र उनका छोरा प्रवीणको हत्या घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

कुलप्रसादकै जेठा छोरा मिलन फरार रहेका छन् । “अहिलेसम्म मिलन पक्राउ परेका छैनन् । घटनाको अनुसन्धान जारी छ,” जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले बाह्रखरीसँग भने, “अहिले थप जानकारी दिने अवस्था छैन ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खोटाङ स्थायी घर भएका आचार्य र छोरा प्रवीणको शव सोमबार बिहान भक्तपुर बालकोटको एक घरमा फेला परेको थियो । कुलप्रसाद जिल्ला हुलाक खोटाङका सुब्बा हुन् ।

शनिबार साँझ कुलप्रसाद, मिलन र प्रवीण सँगै खाना खाएर सुतेका थिए । तर, सोमबार बाहिरबाट ताल्चा लगाइएको र भित्र दुईवटा छुट्टाछुट्टै कोठामा शव फेला परेको थियो ।

धारिलो हतियार प्रयोग गरेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । घरमा सँगै सुतेका जेठा छोरा फरार भएका हुन् । 

शव भक्तपुर प्रहरीले पोस्टमार्टमका लागि त्रिवि शिक्षिण अस्पताल महाराजगञ्ज पठाएको छ । 

कुलप्रसाद कामका लागि केही दिन अघिमात्रै काठमाडौं आएका प्रहरीले बताएको छ । छोराद्वय प्रवीण र मिलन पढ्न भक्तपुरमा बस्दै आएका थिए । चार वर्षदेखि उनीहरू भक्तपुरमा दुईवटा कोठा लिएर बस्दै आएका थिए । 

मिलन लोकसेवाको तयारी गरिरहेका थिए भने प्रवीण विज्ञान संकायका विद्यार्थी थिए । 
 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्