site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपालको डिजिटल सीपलाई अगाडि बढाउँदै सामसङ

 काठमाडौं । सामसङ इनोभेसन क्याम्पस (एसएलसी)मार्फत सामसङले युवालाई सीप प्रदान गरेको छ । त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आयोजित समारोहमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्ष पूरा गरेका ३० विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको हो । 

कार्यक्रमले कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याचमा प्रवेश गर्ने ६० जना विद्यार्थीलाई  पनि स्वागत गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सन् २०२२ मा सुरु भएदेखि, एसआईसीले युवालाई चौथो औद्योगिक क्रान्तिको लागि आवश्यक सीपहरू प्रदान गरी भविष्यका लागि तयार हुने सामसङको ‘टुगेदर फर टुमरो ! इन्एबलिंग पिपल’को उद्देश्यलाई अघि बढाउन निर्णायक भूमिका खेलेको जनाएको छ । करिब पाँच महिनामा सम्पन्न भएको यो एआई पाठ्यक्रम, उन्नत एआई अवधारणा र व्यावहारिक अनुप्रयोगहरूमा केन्द्रित रहेको सामसङले जनाएको छ ।

प्रमाणपत्र वितरण समारोहमा सामसङ नेपालका प्रमुख इन सु किम, त्रिभुवन विश्वविद्यालयका, पुल्चोक क्याम्पस त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका क्याम्पस प्रमुख इन्द्रप्रसाद आचार्य, त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग के.सी र डिन प्रा. डा. सुशील बी बज्राचार्यलगायतको उपस्थिति रहेको थियो ।

“सामसङमा, टुगेदर फर टुमरो इन्एबलिंग पिपलको हाम्रो उद्देश्यले हामीलाई नवप्रवर्तन र शिक्षामार्फत युवालाई सशक्तिकरण गर्न प्रेरित गर्ने गर्दछ । यी विद्यार्थीको समर्पण देखेर र उनीहरूको उपलब्धिहरू मनाउन पाउँदा हामीलाई गर्व लाग्छ,” इन सु किमले भने, “तिनीहरूले भविष्यमा सिर्जना गर्ने प्रभाव देखेर हामी उत्साहित छौँ ।” 
 

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १४:२९
प्रतिक्रिया दिनुहोस्