site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘टोपी दिवस’विरुद्ध जनमत पार्टीले मनायो ‘धोती दिवस’
तस्बिर : सिके राउतकाे फेसबुक ।

काठमाडौं । जनमत पार्टीले काठमाडौं लगायत विभिन्न जिल्लामा धोती दिवस मनाएको छ । काठमाडौंको माइतीघरलगायत विभिन्न जिल्लामा जनमतले धोती दिवस मनाएको हो । 

आ–आफ्ना मौलिकता झल्किने धोती, कुर्ता आदि पोसाक लगाएर धोती दिवस मनाउन जनमतका अध्यक्ष सिके राउतलगायत नेता माइतीघरमा सहभागी भएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनीहरूले ‘धोती हाम्रो शान हो, मधेशीको पहिचान हो’, ‘मधेशी एकता जिन्दावाद’, ‘धोती भनेर हेप्न पाइँदैन’, ‘धोती हाम्रो राष्ट्रिय पोसाक हो’लगायतका प्लेकार्ड देखाएका थिए ।

सो क्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सबै जातजातिको आफ्नै भेषभूषा रहेको र त्यसलाई सबैले आफ्नो सम्पत्ति मान्नुपर्ने बताए । 

अहिले पनि एकल भाषाभाषी लाद्ने कोसिस भइरहेकाले त्यसप्रति सजग गराउनका लागि पनि धोती दिवस मनाएको उनले बताए । 

एक दशकयता जनवरी १ तारिखलाई ‘टोपी दिवस’का रूपमा मनाउन थालिएको छ । त्यसैका विरुद्ध जनमतले पनि केही वर्षयता सोही दिनलाई धोती दिवसका रूपमा मनाउन थालेको हो । 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्