site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चौथो अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ । यही पुस २३ गतेका लागि अधिवेशन आह्वान गर्न बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको प्रथम अधिवेशन यही पुस २३ गते मंगलबार अपराह्न १ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जनता समाजवादी पार्टी नेपाललगायत प्रमुख प्रतिपक्षी दलले प्रदेशसभाको बैठक नबोलाएर सरकारले संसद्लाई बन्धक बनाएको आरोप लगाइरहेका बेला सरकारले बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरिएको हो । सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको बैठक नयाँ अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा ३६, दोस्रो अधिवेशनमा १४ र तेस्रो अधिवेशनमा ३४ वटा बैठक बसेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । कृषिसम्बन्धी विधेयक, बीउबीजनसम्बन्धी विधेयक, पर्यटन विधेयक र बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको ऐनको संसोधनसहितका बिजनेस प्रदेशसभामा छन् । रासस

 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १९:३६
प्रतिक्रिया दिनुहोस्