site stats
बाह्रखरी :: Baahrakhari
देश
हात्तीको आक्रमणबाट महिलाको मृत्यु
प्रतीकात्मक तस्बिर ।


झापा । जंगली हात्तीको आक्रमणमा झापाको कचनकबल वडा नं ७ की ३४ वर्षीया केलावती राजबंशीको आज मृत्यु भएको छ ।

स्थानीय दिपज्योति सामुदायिक वनमा गाउँका १५ जना महिलाहरूसँग दाउरा खोज्न गएकी राजबंशी आज दिउँसो १२ बजेतिर एउटा हात्तीले लखेटेपछि जंगलमै हराइरहेकी थिइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हात्तीको लखेटाइमा महिला बेपत्ता भएको खबर पाएपछि नौ किलोमिटर टाढा रहेको इलाका प्रहरी कार्यालय बनियानीबाट प्रहरी नायब निरीक्षक रोहित मगरको नेतृत्वमा प्रहरीको टोलीले जंगलमा खोजी गर्दा उनलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि सुरूमा भद्रपुरको ओमसाई पाथिभरा हस्पिटल पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले बताए ।

मरणासन्न अवस्थामा रहेकी घाइतेलाई थप उपचारका लागि भद्रपुरकै प्रादेशिक अस्पतालमा लगिएको थियो । प्रादेशिक अस्पताल पुर्‍याउनासाथ चिकित्सकहरूले घाइतेलाई मृत भइसकेको घोषणा गरेको चन्दले जानकारी दिए ।

सूचना अधिकारी चन्दका अनुसार आक्रमणकारी हात्ती अहिले पनि जंगलभित्रै रहेको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय बनियानीको टोली घटनास्थलमा पुगेको उनले जानकारी दिए । रासस

 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १९:५०
प्रतिक्रिया दिनुहोस्