site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आज एमालेको केन्द्रीय कमिटी बैठक, के–के छन् एजेन्डा ? 

काठमाडौं । आज आइतबारदेखि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक पार्टी सुरु हुँदै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

बिहान ११ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा सुरु हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छन् । बैठकको सुरुमै अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिनेछन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त राजनीतिक प्रतिवेदनमा आउँदो कार्ययोजना, पार्टी संगठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएको बताइएको छ । 

यसअघिका बैठकमा अध्यक्षको प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेको थियो । तर, यसपटक भने प्रत्येक केन्द्रीय सदस्यले बेग्लाबेग्लै धारणा राख्न पाउनेछन् । प्रत्येक सदस्यलाई करिब तीन मिनेटको समय उपलब्ध गराउने तयारी गरिएको छ ।

दुई दिनसम्म चल्ने बैठकमा केन्द्रीय सदस्य र आयोगका प्रमुखलगायत नेता सहभागी हुनेछन् । बैठकबाट संविधान संशोधनलगायत एजेन्डामा ठोस धारणा तय गरिने बताइएको छ । 

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  ०७:०५
प्रतिक्रिया दिनुहोस्