site stats
बाह्रखरी :: Baahrakhari
देश
सरकारले भूकम्प र बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको विस्तृत मूल्यांकन गर्ने

काठमाडौं । सरकारले सुदूरपश्चिम र जाजरकोटमा गएको भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्यांकन (डीडीए) गर्ने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यसमितिको बैठकले सुदूरपश्चिम र जाजरकोटमा बाढी तथा भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्यांकन गर्ने निर्णय गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले बैठकले गत असोजमा काठमाडौं लगायतका क्षेत्रमा आएको बाढी, पहिरोको क्षतिको विस्तृत मूल्यांकन (डीडीए) गर्ने निर्णय समेत गरेको बताए । उनले डीडीए सम्पन्न भइसकेका क्षेत्रहरूमा सरकारले बनाएको मापदण्डअनुसार पुनर्निर्माणको काम प्रारम्भ गर्ने निर्णय भएको समेत जनकारी दिए ।

उनका अनुसार बैठकमा बझाङ, बाजुरा र जाजरकोटमा गएको भूकम्पले गरेको क्षति र त्यसको पूनर्निर्माणको लागि आवश्यक कानुनी एवं आर्थिक विषयमा पनि छलफल भएको छ । गृहमन्त्री लेखकले उक्त निर्णयहरू विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा पेस गरिने बताए । राष्ट्रिय परिषद्को बैठकबाट सदर भएपछि यी निर्णयहरू कार्यान्वयनको चरणमा जाने उनको भनाइ छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आइतबार साँझ ७ बजे बालुवाटारमा बस्दै छ ।

 

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्