site stats
बाह्रखरी :: Baahrakhari
विदेश
हमासले रिहा गर्ने ३४ बन्धकको सूची सार्वजनिक, विपीनको नाम अटेन !

काठमाडौं । गाजाको युद्धविराम सम्झौताअन्तर्गत हमासले रिहा गर्ने ३४ बन्धकको सूची सार्वजनिक भएको छ । बीबीसीले हमासका एक उच्च अधिकारीबाट रिहा हुनेहरूको सूची प्राप्त गरेको जनाएको छ ।

सूचीमा १० महिला र ११ पुरुष ५० देखि ८५ वर्ष उमेर समूहका छन् । सूचीमा हमासले यसअघि मारिएका भनेका केही किशोहरूको नाम पनि समावेश छ । तर, नाम भएकामध्ये कतिजना जीवित छन् भन्ने स्पष्ट छैन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले भने हमासले बन्धकको सूची अझै उपलब्ध नगराएको जनाएको छ ।

सूचीमा नेपालका विपीन जोशीको नाम भने उल्लेख छैन । केही समयअघि नेपालका लागि इजरायलका राजदूत हानान गोडर गोल्डबर्गरले विपीनको उद्धारका लागि हरसम्भव प्रयास गर्ने बताएका थिए । यद्यपि, उनको अवस्थाबारे नेपाललाई आधिकारिक जानकारी छैन ।

कोको छन् सूचीमा ?

रिहा हुनेहरूमा २४ वर्षीय रोमी गोनेन, २८ वर्षीय एमिली दमारी, २९ वर्षीय अर्बेल येहुद, ३१ वर्षीय डोरोन स्टाइनब्रेचर, पाँच वर्षीय अरिएल बिबास, एक वर्षीय कफिर बिबास, ३३ वर्षीय शिरी सिलबेरम्यान बिबास, १९ वर्षीय लिरी अलबाग, २० वर्षीय करिना अरिएव, २० वर्षीय अगम बर्गर, २० वर्षीय डानियल गिल्बोआ, २० वर्षीय नाम लेवी, ५५ वर्षीय ओहद बेन–अमी, ८० वर्षीय गद मोशे मोजेस, ६५ वर्षीय किथ शमुएल सिगल छन् ।

यस्तै, ५३ वर्षीय अफेर काल्डरन, ५२ वर्षीय एलीयाहु शाराबी, ६९ वर्षीय इत्जहाक एल्गारेट, ८६ वर्षीय श्लोमो मन्सुर, ५० वर्षीय ओहद याहलोमी, ५४ वर्षीय युसुफ युसुफ अल्जीदना, ८४ वर्षीय ओडेद लिफशिट्ज, ५० वर्षीय त्साची इडान, ३६ वर्षीय हिशाम अल-सयेद, ३५ वर्षीय यार्डेन बिबास, ३६ वर्षीय सागी डेकेल चेन, ४६ वर्षीय इयर होर्न, २३ वर्षीय ओमेर वेनकेर्त, २८ वर्षीय अलेक्जेन्द्र ट्रूफानोव, २७ वर्षीय एलीया कोहेन, ३४ वर्षीय ओर लेवी, ३८ वर्षीय अवेरा मंगिस्तु, ३९ वर्षीय ताल शोहम र २१ वर्षीय ओमेर शेम तोव छन् ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १८:५३
प्रतिक्रिया दिनुहोस्