site stats
बाह्रखरी :: Baahrakhari
विदेश
आन्ध्र प्रदेशस्थित मन्दिरको भागदौडमा मृत्यु हुनेको संख्या ६ पुग्यो 

नयाँ दिल्ली । भारतमा हिन्दू धर्मावलम्बी भेला भएको एक मन्दिरमा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । अन्य कैयौँ घाइते भएका अधिकारीहरूले बिहीबार बताएका छन्।

भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा रहेको श्री वैंकटेश्वर स्वामी (तिरुपति) मन्दिरको दर्शनका लागि प्रवेश द्वारमा टोकन लिन ठूलो भीड जम्मा भएका समय एकाएक भागदौड मच्चिएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हजारौँ धर्मावलम्बी भेला भएको मन्दिर परिसरमा भएको दुर्भाग्यपूर्ण घटनामा ६ जना भक्तजनको ज्यान गएको छ । दिवंगत आत्माको शान्तिका लागि म भगवानसँग प्रार्थना गर्दछु,” राज्यको सत्तारुढ तेलुगु देशम पार्टीका प्रवक्ता प्रेमकुमार जैनले घटनाको पुष्टि गर्दै दुःख व्यक्त गरे । 

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । 

गत वर्ष जुलाईमा उत्तर प्रदेशमा हिन्दू धर्मावलम्बीको धार्मिक जमघटका क्रममा १२१ जनाको मृत्यु भएको थियो ।

सन् २०१६ मा दक्षिणी केरला राज्यको एक मन्दिरमा नयाँ वर्षको अवसरमा प्रतिबन्धित आतशबाजी प्रदर्शनका कारण भएको विस्फोटमा परी ११२ जनाको मृत्यु भएको थियो ।रासस

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्