site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बीआरआई सम्झौता १०० पटक पढ्नोस्, ‘ऋण’ शब्द भेटिँदैन : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले केही दिनअघि चीनसँग भएको ‘बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्क’ (बीआरआई) सम्झौतामा कतै पनि ‘ऋण’ शब्द नभएको स्पष्ट पारेकी छन् । सोमबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले ऋण लिने गरी बीआरआई सम्झौता नभएको दाबी गरिन् ।

“२० हजारपटक अध्ययन गरेर तयार पारेको दस्तावेजमा ‘ऋण’ शब्द छैन,” परराष्ट्रमन्त्री राणाले भनिन्, “एकसयपटक पढ्नोस्, ऋण शब्द भेटिँदैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सम्झौतामा ‘ग्रान्ट’को ठाउँमा ‘एड’ शब्द राखिएको उनले बताइन् । ‘ग्रान्ट’ र ‘एड’को अर्थ एउटै भएको दाबी उनको थियो । “ग्रान्ट र एडमा फरक छैन । अर्थ एउटै हो,” परराष्ट्रमन्त्री राणाले भनिन् ।

उनले विश्वास नलागे विभिन्न डिक्सनेरी हेर्न समितिका सदस्यहरूलाई सुझावसमेत दिइन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गरेका थिए । भ्रमका बेला नेपाल र चीनबीच बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्कलगायत १० वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्