site stats
बाह्रखरी :: Baahrakhari
देश
आशिका तामाङ पक्राउ
फाइल तस्बिर ।

काठमाडौं । आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ परेकी छन् । पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा उनलाई बुधबार स्वयम्भू क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार, आशिकालाई ‍अभद्र व्यवहारको कसुरमा पक्राउ गरिएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कोषले २६ पुसमा आशिकाविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएको थियो । अनुसन्धानका लागि उनलाई पक्राउ गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट २८ पुसमा नै अनुमति लिएको थियो ।

प्रहरी वृत्त गौशालाबाट उनीमाथि अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्