site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदेशका मन्त्रीको गुनासो– काठमाडौं महानगरले राजस्वबाट संकलित रकम बुझाएन

काठमाडौं । वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले काठमाडौं महानगरपालिकाले प्रदेश सरकारलाई राजस्वबाट संकलित ४० प्रतिशत रकम नबुझाएको गुनासो गरेका छन् । बुधबार काठमाडौंमा वाग्मती प्रदेश सरकारले आयोजना गरेको स्थानीय तहका महिला जनप्रतिनिधिको क्षमता अभिवृद्धि कार्यक्रममा उनले यस्तो गुनासो गरेका हुन् ।

उनले सबै पालिकाले उठाएको राजस्वमा ४० प्रतिशत रकम प्रदेश सरकारलाई बुझाउनुपर्ने बताए । तर, काठमाडौं महानगरपालिकाले हालसम्म उक्त रकम नबुझाएको उनले उल्लेख गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“भन्दा कति हुने हो वा होइन, काठमाडौं महानगरपालिकाले वाग्मती प्रदेश सरकारलाई दिनुपर्ने कुराहरू समेत भएको छैन,” उनले भने, “राजस्व जति तपाईंहरूले उठाउनुहुन्छ, सबै पालिकाहरूले ६० प्रतिशत आफूले प्रयोग गरेर ४० प्रतिशत प्रदेशलाई दिनुपर्ने हो । काठमाडौं महानगरपालिकाले आजसम्म पठाएको छैन ।”

स्थानीय सरकारले प्रदेशसँग बजेटबाहेकका कार्यमा समन्वय नगरेको उनले बताए । “पालिकाहरूले बजेट चाहिएपछि प्रदेश सरकारसँग माग्न आउनुहुन्छ । त्योभन्दा बाहेक, बजेट माग्नेभन्दा बाहेक अरू कुरामा कहिले पनि प्रदेश सरकारसँग समन्वय भइरहेको छैन,” उनले भने ।

उनले अगाडि भने, “बजेटको बेलामा आउने, तर कानुन निर्माणको कुरामा केके झन्झट छन्, केके फुकाइदिनुपर्‍यो, त्यो त छलफल हुनुपर्छ नि । हामीलाई बोलाइदिनुस्, हामी आउन तयार छौँ ।”

उनले वाग्मती सरकार स्थानीय तहहरूसँग बसेर उनीहरूलाई सहजीकरण गर्न तयार रहेको बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्