site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दुई कम्पनीको आईपीओ आउँदै 

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ । साधारण सेयर निष्कासनको अनुमति प्रक्रिया लामो समयदेखि रोकिँदै आएकोमा नियामक निकायले पछिल्लोपटक दुई कम्पनीलाई अनुमति प्रदान गरेको हो ।  

यसरी अनुमति पाउने कम्पनीहरूमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फर्मास्युटिकल्स छन् । दुवै कम्पनीलाई बोर्डले साधारण सेयर बिक्रीको अनुमति दिएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई २२ करोड ५० लाख रुपैयाँ मूल्यबराबरको २२ लाख ५० हजार  कित्ता साधारण सेयर बिक्री लागि अनुमति दिएको हो । यही माघ ३ गतेबाट यस्तो अनुमति पाएको सो कम्पनीले सेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटललाई राखेको छ । 

बोर्डले ओम मेगाश्रीलाई १८ करोड बराबरको १८ लाख कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बोर्डले दुईवटा कम्पनीको ८५ करोड ५० लाख रुपैयाँ मूल्यबराबरको ८५ लाख ५० हजार कित्ता साधाण सेयर बिक्रीका लागि अनुमति दिएको हो । 

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  ०६:५४
प्रतिक्रिया दिनुहोस्