site stats
बाह्रखरी :: Baahrakhari
देश
हिमोफिलियाका बिरामीलाई चाहिने महँगो औषधि अब निःशुल्क उपलब्ध हुने

काठमाडौं । रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीले अबदेखि निःशुल्क औषधि पाउने भएका छन् ।

निकै महँगो औषधि आवश्यक पर्ने रोगको उपचारका लागि बिरामीहरूले सरकारसँग आग्रह गर्दै आएका थिए । जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधि अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाटसमेत उपलब्ध गराउनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"विश्व हिमोफिलिया महासंघबाट अनुदान प्राप्त गरेर सरकारी अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने निर्णय गरेका छौँ," स्वास्थ्यमन्त्री पौडेलले भने, "धेरै पीडित तथा सरोकारवालाबाट महँगो उपचार सरकारमार्फत होस् भन्ने अनुरोध स्वीकार गरेका छौँ ।"

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस औषधिका लागि राज्यकोषमा भार नपर्ने गरी विश्व हिमोफिलिया महासंघमार्फत प्राप्त गर्ने मन्त्रालयअन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताए ।

नेपालमा हाल करिब ९०० जना यो रोगका बिरामीका रूपमा पहिचान भएका छन् । तर, विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब पाँच हजार बिरामी रहेको अनुमान गरेको छ ।

०७८ को जनगणनामा २.२ प्रतिशतमा अपांगता देखिएकामध्ये ०.८ प्रतिशतमा हिमोफिलिया भएको हुन सक्ने ठानिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्