site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
पठन संस्कृतिको विकासका लागि पुस्तक प्रदान

काठमाडौं । सुनकोसी वाङ्मय प्रतिष्ठानले पठन संस्कृतिको विकासका अभियानको थालनी गरेको छ । यसै क्रमलाई निरन्तरता दिन प्रतिष्ठानले जिल्ला प्रहरी कार्यालय, काभ्रेलाई पुस्तकहरू हस्तान्तरण गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्कालाई प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवाललगायतले पुस्तकहरू हस्तान्तरण गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त अवसरमा प्रमुख प्रहरी उपरीक्षक खड्काले जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको नवप्रवर्तनीय कार्य ‘हामी पनि पढ्छौँ’ अभियानमा घुम्ती पुस्तकालयअन्तर्गत विभिन्न विधाका पुस्तक संकलन गर्ने जानकारी दिइन् । उनले यस कार्यबाट मातहतका सबै प्रहरी इकाइमा कार्यरत प्रहरी कर्मचारीहरूको ज्ञान र आत्मस्फूर्तिमा वृद्धि हुने बताइन् । 

प्रतिष्ठानका अध्यक्ष सिलवालले घट्दो पठन संस्कृतिको विकास र विस्तारका लागि संस्थाले विभिन्न अभियान सञ्चालन गर्ने जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्