site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ताप्लेजुङ घटना : विरोधीसँग वार्ता गरिने, के के भयो छलफलमा ?

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा भइरहेको आन्दोलनको विषयमा सम्बन्धित चार जिल्लाका सांसदसँग छलफल गरेका छन् । मंगलबार साँझ गृहमन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधिहरूसँग छलफल गरेका हुन् ।

शनिबार केबलकार निर्माणको विरोधमा उत्रिएका पहिचान पक्षधरहरूको समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो । सोक्रममा केही प्रदर्शनकारीलाई गोली लागेको थियो । थप तनावको अवस्था सिर्जना हुन नदिन गृहमन्त्रीले जिल्लाका सांसदहरूसँग छलफल सुरु गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

छलफलबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा मन्दिरमा सबैलाई सहज होस् भनेर केबलकार निर्माण गर्ने योजना अघि बढेको भए पनि केही व्यक्ति र समूहले धर्म संस्कृति मासिने भन्दै विरोध केही वर्षदेखि नै भइरहेको बताए ।  केबलकार बनाउने क्रमसँगै माघ १२ गते दोहोरो हातपात हुँदा सुरक्षाकर्मीहरूले बल प्रयोग गरेको र त्यसले केही घाइते भएको बताए ।

परिस्थितिलाई सामान्यीकरण गर्ने, भड्किन नदिने र वार्ताबाट समाधान खोज्नेबारेमा छलफल भएको बताए । विकास निर्माणको कामलाई पनि अघि बढाएर भएका समस्यालाई समाधान गर्ने उल्लेख गरे । विरोधीहरूसँग पनि संवाद गरेर निष्कर्ष निकालिने बताए ।

घाइते भएकाहरूको स्वास्थ्योपचार गर्ने मागमा गृहमन्त्री रमेश लेखकले सरकारले स्वास्थ्योपचार गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  २१:०१
प्रतिक्रिया दिनुहोस्