site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरूको निर्णय
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे ।

काठमाडौं । विपक्षी दलहरूले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने भएका छन् । बिहीबार प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले सरकारले गलत विधि र प्रक्रियामार्फत अध्यादेश ल्याएकाले अस्वीकार गर्ने निष्कर्ष निकालेको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार, बैठकले संसद् अधिवेशनको मुखमा गलत मनशायलले अध्यादेश ल्याएको ठहर गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"अध्यादेशका बारेमा सरकारले जसरी सदनमा ल्याएर सबै कानूनहरू व्यवस्थित तरिकारले अघि बढाउनुको सट्टा सरकारले सदन बोलाउने बेलामा नै जसरी अध्यादेश ल्याएको छ, यो प्रक्रियाको हिसाबले पनि बेठिक छ," उनले भने ।

उनले आवश्यक परे सरकारविरुद्ध सडक आन्दोलनको तयारीसमेत गर्ने चेतावनी दिए ।

"विधि, प्रक्रियाको हिसाबले छिटो गर्ने भन्ने छ त्यसमा बेठिक भयो । त्यसको अस्वीकार गर्नुपर्छ भन्ने सर्वसम्मत निर्णय भएको छ । सुशासनकाबारे, जनजीविकाकाबारे जनताका आवाजहरू जे गर्नुपर्ने थियो, सबै कुरामा पनि गम्भीर ढंगले छलफल भएको छ," पाण्डेले भने ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्