site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मधेसकेन्द्रित आठ दलले बनाए कार्यदल

काठमाडौं । मधेसकेन्द्रित दलले आठ सदस्यीय कार्यदल बनाएको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकले कार्यदल बनाउने निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता मनिष सुमनले जानकारी दिए । 

कार्यदलमा जसपा, नेपालबाट मनिष सुमन, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट लक्ष्मणलाल कर्ण, जनमत पार्टीबाट शरदसिंह यादव, जनता समाजवादी पार्टी (जसपा)बाट इस्तियाक राई छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी, जनता प्रगतिशील पार्टीबाट शिवजी यादव, तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)बाट ब्रजेस सिंह, राष्ट्रिय मुक्ति पार्टीबाट केशव झा छन् । 

“कार्यदलले आठ दलको सहकार्य निर्माण गर्ने, आचारसंहिता निर्माण गर्ने, यसलाई झन् बलियो बनाउने आठ दलको संयोजन गर्न यो कार्यदल भोलिदेखि नै तत्पर हुनेछ,” सुमनले भने ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्