site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हवाईमार्गका विषयमा झमेला नगर्न भारत सरकारलाई नेता नेपालको आग्रह

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको हवाईमार्गका विषयमा अवरोध खडा नगर्न भारत सरकारसँग आग्रह गरेका छन् । नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष नेपालले सो विमानस्थलको निर्माणमा सहयोग गर्न भारतलाई आग्रह गरेका हुन् । 

नेपाल र भारतका पत्रकारको संस्था मिडिया फोर बोडर हार्मोनीले शनिबार रौतहट सदरमुकाम गौरमा आयोजना गरेको नेपाल–भारत मैत्री संवादमा नेपाल प्रमुख अतिथि थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पूर्वप्रधानमन्त्री नेपालले भारतले सम्बन्धका लागि जनकपुरधाम–अयोध्या र लुम्बिनी–बोधगयाका लागि नयाँ रुट बनाउनुपर्ने भएकाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको एयर रुटका विषयमा झमेला खडा नगर्न आग्रह गरे । 

सो विमानस्थ्ल निर्माणले नेपाल–भारत दुवै देशका जनतालाई आवागमनमा सहजता हुने नेपालको भनाइ थियो । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय आफू प्रधानमन्त्री भएको बेला सन् २००९ मा भएको उनले सुनाए । 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्नकै निम्ति सन् २०१० मा आफू प्रधानमन्त्री रहेका बेला शिलान्यास गरेको फास्टट्र्याक १५ वर्ष बित्न लाग्दा पनि काम सम्पन नभएकोमा उनले तीव्र गतिमा बढाउन नेपाल सरकारको ध्यानाकर्षण समेत गराए ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ०७:०३
प्रतिक्रिया दिनुहोस्