site stats
बाह्रखरी :: Baahrakhari
कला
अमेरिकी दूतावासद्वारा नेपाली चलचित्र अवार्ड र सिफारिसको आधिकारिकतामा चासो 

काठमाडौं । अमेरिकी दूतावासले नेपाली चलचित्रको अवार्डका विषयलाई लिएर चासो व्यक्त गरेको छ । अमेरिकी दूतावास नेपालका भिसा प्रमुख ग्रेगोरी डी. सिम्किसले नेपालमा हुने फिल्म अवार्डको छनोट प्रक्रिया, विश्वसनियता र कलाकारहरू ले प्राप्त गर्ने सिफारिसपत्रको आधिकारिकतामाथि उनले चासो राखेका छन् । 

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र सिम्किसबीच भएको औपचारिक छलफलमा  अमेरिकी दूतावासका काउन्सिलर टोली समेत उपस्थित थियो । बैठकमा नेपाली चलचित्रको वर्तमान अवस्था, नेपाल तथा अमेरिकामा आयोजना हुने चलचित्रका अवार्ड एवं सम्मान समारोह तथा चलचित्रकर्मीको अमेरिका भिसा सम्बन्धी विषयमा छलफल भएको बोर्डले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकमा अध्यक्ष डीसीले नेपाली चलचित्र उद्योगको अन्तर्राष्ट्रिय विस्तार तथा नेपाल अमेरिकाको सांस्कृतिक सम्वन्ध मजवुत पार्न नेपालका फिल्मकर्मीहरूले अमेरिकामा हुने चलचित्र महोत्सव, कार्यशाला तथा अन्य सांस्कृतिक कार्यक्रममा सहभागी हुन सहजता पाउनुपर्ने एवं नेपालमा पनि ठूलोस्तरमा अमेरिकी र नेपाली चलचित्रको विशेष कार्यक्रम गरिनुपर्ने बताए ।   

भिसा प्रमुख सिम्किसले अमेरिकी दूतावास नेपाली चलचित्रकर्मीहरूको भिसा प्रक्रियालाई सहजीकरण गर्न सकारात्मक रहेको बताएका थिए ।

यसैबीच, बोर्डले क्यानसरपीडित कलाकार राजन थापालाई एक लाख रुपैयाँ उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । चार दशकदेखि नेपाली कलाकारितामा सक्रिय थापा एक वर्षदेखि आान्द्रामा क्यानसर भई आर्थिक अभाव झेल्दै आएका छन् । चलचित्रकर्मी कल्याणकोष सञ्चालन समितिको निर्णयअनुसार बोर्ड अध्यक्ष डिसीले चेक प्रदान गरेका छन् । 

२०३९ सालदेखि कलाकारितामा प्रवेश गरेका थापाले ‘६ एकान ६’, ‘दुस्मन’, ‘ईकु’, ‘कंगाल’, ‘सम्पत्ति’लगायत ठूलो पर्दाका चलचित्रमा काम गरेका छन् । उनले सानो पर्दामा पनि थुप्रै टेलिचलचित्रमा काम गरिसकेका छन् । 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्