site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बन्न बाँकी कानुनका विधेयक तत्काल संसद्‌मा लैजान सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले बन्न बाँकी कानुनका विधेयक तत्काल संसद्‌मा लैजान सरकारलाई आग्रह गरेको छ ।

बिहीबार संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले बन्न बाँकी विधेयकका मस्यौदा तत्काल संसद्‌ लैजान सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“नेपाली कांग्रेसको संसदीय दलको बैठक संविधान कार्यान्वयनका लागि आवश्यक कानुनका विधेयक तत्काल संसद्‌मा लैजान सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ,” बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले भने ।

कांग्रेसले संसद्‌मा विचाराधीन विधेयक पारित गर्न भूमिका खेल्न आफ्ना सांसदहरूलाई निर्देशन पनि दिएको छ । “संसद्‌मा विचाराधीन विधेयक पारित गर्न प्रभावकारी भूमिकाका लागि सांसदहरूलाई निर्देशन दिने निर्णय भएको छ,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्