site stats
बाह्रखरी :: Baahrakhari
कला
मनिषा कोइरालाले किन हेर्न पाइनन् ‘पूर्ण बहादुरको सारङ्गी’ ?

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ हेर्न चाहेर पनि नपाएको बताएकी छन् । दुईपटक “पूर्ण बहादुरको सारङ्गी’ हेर्ने समय मिलाए पनि हाउसफुलको करण टिकट नपाएको उनले बताइन् । 

मनिषाले ह्वाइट हाउस लिट्रेचर फेस्टिभलमा वक्ताको रूपमा बोल्दै नेपाली चलचित्र यति धेरै चलेकोप्रति आश्चर्य मानिन् । उनले नेपाली चलचित्रको बजार ठूलो हुँदै गरेको भन्दै भनिन्, “नेपाली फिल्म अन्तर्राष्ट्रिय बजारमा पुगिसक्यो । नेपालमा फिल्मको बजार ठूलो बनेको एउटा उदाहरण पूर्णबहादुरको सारङ्गी हो ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अभिनेत्री मनिषाले बलिउड कलाकारले कडा मिहिनेत गरेको कारण स्थापित भएको बताएकाे आयोजकले प्रेस नोटमा जनाएको छ । उनले भनिन्, “बलिउड कलाकारले जस्तै मिहिनेत यहाँ पनि हुन थालेको छ । यही मिहिनेतले निरन्तरता पायो भने नेपाली चलचित्रको बजार फराकिलो हुनेछ ।”  

सफलता पाउन निरन्तरता र कडा मिहिनेत गर्नु पर्नेमा उनको जोड छ । “मेरो सिकाइ पनि कि गर्ने हो कि मर्ने हो भन्ने हुन्थ्यो,” उनले भनिन् । 

आफ्नो परिवार राजनीतिक भए पनि कलामा पनि झुकाव रहेको उनले बताइन् । 
 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्