site stats
बाह्रखरी :: Baahrakhari
कला
जनकपुरमा चलचित्र शिविर सञ्चालन हुँदै
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । चलचित्र विकास बोर्डले मधेस प्रदेशको जनकपुरमा चलचित्र शिविर सञ्चालन गर्ने भएको छ । शिविर फागुन १३, १४ र १५ गते हुनेछ ।  
    
मधेसमा चलचित्रबारे अभिरुचि र चेतना जागृत गराई त्यहाँको बजार विस्तार र सुदृढ बनाउने उद्देश्यले शिविर आयोजना गरिएको बोर्डले जनाएको छ । 

“चलचित्रमार्फत सम्भावको संस्कृति विकास गर्ने लक्ष्यसहित मधेसमा नेपाली तथा मातृभाषा चलचित्रको अवस्था, बजार तथा दर्शकको रुचिको अध्ययन/सर्भेक्षण गर्ने, मधेसका युवा चलचित्रकर्मीलाई चलचित्र नीति, विधिबारे अभिमूखिकरण गरिनेछ,” बोर्ड अध्यक्ष दिनेश डिसीले भने, “मधेसी समाजका मौलिक, नवीन र उत्कृष्ट कथाहरूको खोजी गर्ने, चलचित्रसँग सम्बन्धित विषयबारे बहस गर्ने उद्देश्यले चलचित्र शिविर सञ्चालन गर्न लागिएको हो ।” 
     
चलचित्र शिविरले चलचित्र उद्योगमा दूरगामी प्रभाव पार्ने उनको विश्वास छ । चलचित्र देश जोड्ने एक महत्वपूर्ण माध्यम भएको भन्दै उनले भने, “यसले सम्भावनाको व्यवहार र संस्कृति विकास गरी सामाजिक/सांस्कृतिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई सबल बनाउने यो एउटा सांस्कृतिक एकीकरणको एक प्रयास हो ।” 

बोर्डले चलचित्र शिविर अभियान सञ्चान गर्न बोर्ड सदस्य केएल बुढाथोकीलाई संयोजक तोकेको छ । बोर्ड सदस्य एवं संयोजक बुढाथोकीका अनुसार चलचित्र शिविरअन्तर्गत चलचित्र प्रदर्शन, पोस्टर तथा फोटो प्रदर्शनी, परामर्श सेवा, कार्यशाला, चलचित्र सम्बन्धी अभिमुखीकरण, अन्तरक्रिया, संवाद, चलचित्र सम्मेलनजस्ता कार्यक्रमहरू आयोजना गरिने बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्