site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वदेशी औषधि उत्पादनलाई राज्यले प्रोत्साहन गर्छ : मन्त्री पौडेल
फाइल तस्बिर ।

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वदेशी औषधि उत्पादनलाई राज्यले प्रोत्साहन गर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाल औषधि थोक व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै मन्त्री पौडेलले स्वदेशी औषधि उत्पादकले अधिकतम रूपमा नागरिकलाई सहलियत दिनुपर्ने भन्दै राज्यले पनि स्वदेशी औषधि उत्पादनलाई राज्यले प्रोत्साहन गर्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले आफूले पद सम्हालेपछि औषधि क्षेत्रमा सुशासन कायम गर्न लागिपरेको उल्लेख गरे । जेनरिक औषधिको गुणस्तरीयता सुनिश्चितता भए नेपालमा जेनरिक औषधि लागु गर्न सकिने उनले बताए । मन्त्री पौडेलले विभिन्न ९८ वटा औषधिको गुणस्तरीयता कायम भएन भने बिक्री वितरण रोक्ने चेतावनी दिए । औषधिको  रणमा ३०० प्रतिशतसम्म नाफा खाने कामलाई नियमन गरेर नियन्त्रण गर्ने उनले बताए ।.

उनाले स्वास्थ्य बिमाको खर्च तोकिएकोभन्दा बढी खर्च देखिएको भन्दै तिर्न सक्ने अवस्थामा नरहेको उल्लेख गरे । बिमाको खर्च प्राप्त गर्न अस्पतालले बिरामीलाई अनावश्यक परिक्षण गर्न लगाएको र अनावश्यक औषधि खरिद गर्न लगाएकाले अव्यवस्थित देखिएको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्