site stats
बाह्रखरी :: Baahrakhari
देश
महोत्तरीमा रुख कटान गरेको आरोपमा दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जलेश्वर (महोत्तरी) । महोत्तरीको टुटेश्वर सबडिभिजन वन क्षेत्रबाट स्वीकृतिबिना संरक्षित प्रजातिका ६९ थान रुख कटान गरेको आरोपमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसहित दुईजनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा प्राधिकरणको ढल्केवर प्रसारण केन्द्रमा कार्यरत धनुषाको मिथिलाबिहारी नगरपालिका–८ बस्ने कुलदीप यादव र धनुषाकै लक्ष्मीनियाँ गाउँपालिका–९ बस्ने चन्देश्वर यादव रहेको टुटेश्वर सबडिभिजन वन कार्यालयले जनाएको छ ।

हेटौँडा–ढल्केवर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणका लागि वन कार्यालयको स्वीकृतिबिना नै रुख कटान गरिरहेको अवस्थामा उनीहरूलाई आइतबार कार्यालयका अधिकृत राकेश विश्वकर्माको नेतृत्वमा खटिगएको टोलीले नियन्त्रणमा लिएको हो ।
    
प्राधिकरणका कर्मचारी यादवलाई वन अधिकृतसहितको टोलीले ६९ वटा साखु, असना र कर्माका प्रजातिका संरक्षित रुख कटान गरेको अवस्थामा वन क्षेत्रबाट नियन्त्रणमा लिइएको अधिकृत विश्वकर्माले बताए । दुवैजनालाई टुटेश्वर सवडिभिजन वन कार्यालयले वन मुद्दाअन्तर्गत महोत्तरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको उनले बताए । रासस

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १९:४०
प्रतिक्रिया दिनुहोस्