site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकासँगको तनावबीच सी चिनफिङले भेटे टेक व्यापारी, ज्याक मा पनि सहभागी

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार देशको प्रविधि क्षेत्रका प्रमुख व्यापारीहरूसँग भेट गरेका छन् । बेइजिङमा आयोजित उक्त कार्यक्रममा इकमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक मा पनि सहभागी भएका छन् ।

पछिल्ला वर्षहरूमा चीनले ठूला व्यापारीमाथि क्र्याकडाउन गरेको थियो । तर, अहिले अमेरिकासँग व्यापारिक टकराब बढेका बेला सीले नै व्यापारीहरूसँग भेटघाट गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ज्याक माबाहेक भेटमा हुवावेका संस्थापक रेन झेङफेई, बीवाईडीका सीईओ वाङ चुआनफु, सीएटीएलका सीईओ जेङ युकुन, टेन्सेन्टका सीईओ पोनी मा, मेइटुआनका सीईओ वाङ जिङ, शाओमीका सीईओ लेई जुन र डीपसिकका सीईओ लियाङ वेनफेङलगायत थिए ।

चिनियाँ सामाचार एजेन्सी सिन्ह्वाका अनुसार सीले व्यापारीहरूलाई उनीहरूसँग अपार र अपेक्षाकृत सम्भावना रहेको भनेका थिए । उनले देशको आर्थिक चुनौती अस्थायी भएको र निष्पक्ष बजार प्रतिस्पर्धामा अवरोधहरू हटाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

“निजी उद्यमहरू र उद्यमीहरूलाई फस्टाउन अहिले उत्तम समय हो,” सीले ग्रेट हल अफ द पिपलमा भएको भेटमा भने ।

चिनियाँ स्टार्टअप डिपसिकले पछिल्लोपटक अमेरिकी एआई उद्योगलाई चुनौती दिएका बेला सीले उनीहरूसँग भेट गरेका हुन् । यसलाई सकारात्मक र महत्वपूर्णरूपमा हेरिएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्