site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाबाट निकालिएका आप्रवासी आफ्नै देश फर्कनुपर्ने त्रासमा !

‘हामीलाई मद्दत गर्नुहोस्’ दुई युवती पानामा सहरको लक्जरी डेकापोलिस होटेलको झ्यालमा कागजको टुक्रामा यो सन्देश लिएर उभिरहेका छन्।

यस होटेलमा दुई विशेष रेस्टुरेन्ट, एक स्विमिङ पुल र एक स्पा छ। निजी यातायात सुविधा पनि उपलब्ध छ। यो होटेलले आफ्ना ग्राहकहरूलाई समुद्र देखिने कोठाहरू उपलब्ध गराउँछ। 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर अहिले यो होटललाई अस्थायी ‘हिरासत केन्द्र’मा परिणत गरिएको छ । अमेरिकाबाट फिर्ता पठाइएका २९९ आप्रवासीलाई यहाँ राखिएको छ । पनामा सरकारले मंगलबार यो जानकारी दिएको हो ।

यहाँ राखिएका केही आप्रवासीले आफ्नो हात उठाउँछन् र आफ्नो स्वतन्त्रता खोसिएको संकेत गर्न विशेष चिह्न बनाउँछन्। कतिपयले ‘हामी हाम्रो देशमा सुरक्षित छैनौँ’ भन्ने संकेत दिन चाहन्छन् ।

अमेरिकी राष्ट्रपतिको चुनावी अभियानका क्रममा नै डोनाल्ड ट्रम्पले वैध कागजातविना अमेरिकामा बसोवास गर्ने मानिसहरूलाई देश निकाला गर्ने ठूलो कार्यक्रम सञ्चालन गर्ने बताएका थिए र ह्वाइट हाउसमा आएलगत्तै उनले सो काम सुरु गरेका थिए ।

ट्रम्पको यो नीतिअन्तर्गत अमेरिकाबाट पठाइएका यस्ता व्यक्ति गत हप्ता तीनवटा विमानमा पनामा पुगेका थिए । पानामानियाका राष्ट्रपति जोसे राउल मुलिनोले भर्खरै आफ्नो देश अमेरिकाबाट पठाइएका आप्रवासीहरूका लागि ‘सेतुको देश’ बन्ने सहमति जनाएका थिए । 

तर, भारत, चीन, उज्वेकिस्तान, इरान, भियतनाम, टर्की, नेपाल, पाकिस्तान, अफगानिस्तान र श्रीलंकाका २९९ आप्रवासीमध्ये १७१ मात्रै आफ्नो देश फर्कन तयार छन् । बाँकी १२८ जना आफ्नै देश फर्किंदा झनै असुरक्षित हुने त्रासमा छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  २१:३६
प्रतिक्रिया दिनुहोस्