site stats
बाह्रखरी :: Baahrakhari
विदेश
करिब ५८ करोड मानिसले गरे कुम्भस्नान, पानीको शुद्धताबारे विवाद

काठमाडौं । भारतको प्रयागराजमा चलिरहेको कुम्भ मेलाको समापन हुनुअघि संगम क्षेत्रमा गंगा–यमुनाको पानीको शुद्धताबारे दुईवटा रिपोर्ट बाहिर आएका छन्। यसैलाई लिएर नयाँ विवाद सुरु भएको छ ।

भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी)ले फेब्रुअरी ३ मा राष्ट्रिय हरित न्यायाधीकरण (एनजीटी)लाई एउटा रिपोर्ट पेस गरेको थियो । जसमा गंगा–यमुनाको पानीमा निर्धारित मापदण्डभन्दा धेरै गुणा बढी फेकल कोलिफर्म ब्याक्टेरिया रहेको उल्लेख थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसपछि, फेब्रुअरी १८ मा, उत्तर प्रदेश प्रदूषण नियन्त्रण बोर्ड (यूपीपीसीबी)ले एनजीटीलाई नयाँ रिपोर्ट दियो। यसमा सीपीसीबीको प्रतिवेदन अस्वीकार गरिएको थियो।

एनजीटीले यसमाथि कडा टिप्पणी गरेको छ र यूपीपीसीबीबाट नयाँ रिपोर्ट मागेको छ। यस मुद्दाको अर्को सुनुवाई फेब्रुअरी २८ मा हुनेछ। तर, कुम्भमेला २६ फेब्रुअरीमा समाप्त भइसक्नेछ । 

प्रयागराजमा माघ १३ गतेदेखि महाकुम्भ स्नान भइरहेको छ । उत्तर प्रदेश सरकारले जारी गरेको तथ्यांकअनुसार अहिलेसम्म करिब ५८ करोड मानिसले संगममा स्नान गरेका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  ०९:५१
प्रतिक्रिया दिनुहोस्