site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
परराष्ट्रमन्त्री राणा जेनेभा प्रस्थान
फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार (फागुन १०) स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गरेकी छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाइ गरे । यही फागुन १२ देखि १४ गतेसम्म उक्त उच्चस्तरीय सत्र आयोजना हुँदै छ । त्यसमा मन्त्री डा. राणाले फागुन १२ गते सम्बोधन गर्नेछिन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भ्रमणका क्रममा उनले विभिन्न देशका आफ्ना समकक्षीका साथै संयुक्त राष्ट्रसंघीय निकायका प्रमुख तथा अरू विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा मन्त्री डा. राणाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७ देखि २०२९ सम्मको कार्यकालका निम्ति नेपालले दिएको उमेदवारीका पक्षमा समर्थनका लागि पहल गर्नेछिन् ।

उनी नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जेनेभास्थित संयुक्त राष्ट्रसंघका निम्ति नेपाली नियोगका वरिष्ठ अधिकारीहरू सम्मिलित छन् । उनी यही फागुन १६ गते स्वदेश फर्कने कार्यक्रम छ । रासस

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १८:४१
प्रतिक्रिया दिनुहोस्