site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अब पार्टीभित्र अन्याय हुन दिन्न : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका नेता तथा कार्यकर्ताहरूमाथि अब अन्याय हुन नदिने प्रतिबद्धता जनाएका छन्  ।

कांग्रेसको राप्ती स‍ोनारी गाउँपालिका सम्मेलनलाई आइतबार उदघाटन् गर्दै डा. कोइरालाले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफूले लिने बताएका हुन् । नेता डा. कोइरालाले थपे, "ढुक्क भएर संगठन गर्नुस्, समयमै सदस्यता नवीकरण गराउनुस् ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सबै तहका कांग्रेस कार्यकर्ताहरू पार्टीको विधानअनुसार अघि बढ्न निर्देशन समेत दिए । व्यक्ति बलियो होइन संस्था बलियो बनाउनुपर्ने धारणा राख्दै देश दौडाहमा रहेका नेता डा. कोइरालाले आगामी महाधिवेशन निर्धारित समयमै हुनुपर्ने समेत बताएका छन् ।

निरन्तर जिल्ला भ्रमणमा रहेका कांग्रेस नेता डा. कोइराला शनिबार नेपालगन्जमा पुगेका हुन् ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १९:१९
प्रतिक्रिया दिनुहोस्