site stats
बाह्रखरी :: Baahrakhari
देश
पाथीभरा केबलकार विवाद : वार्तामा आउन सरकारको आह्वान
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले आज पुनः आन्दोलनरत पक्षलाई वार्ता र संवादमा आउन आग्रह गरिएको जानकारी दिए ।

उनले सोमबार राति सूचना जारी गरेका थिए । सूचनामा भनिएको छ, “निर्माण कार्य स्थगित गर्ने र पाथीभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्या समाधानका लागि आन्दोलनरत पक्षलाई गम्भीर भई वार्ता एवं संवादमा आउनका लागि यो वार्ता समिति सबैमा हार्दिक अपिल गर्दछ ।”

सरकारले समस्या समाधानका लागि गत माघ २० मा वार्ता टोली गठन गरेको थियो । दुईपटक बसेको छलफलबाट कुनै निष्कर्ष नआएपछि वार्ता अघि बढ्न सकेको थिएन । ‘नो केबलकार’ समूहले वार्ता नगर्ने भन्दै पुनः आन्दोलन थालेपछि सो क्षेत्रमा दुईपटक झडप भइसकेको छ । रासस

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्