site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
तीन कोषलाई राष्ट्र बैंकको निर्देशन : उच्च तहका कर्मचारीको सम्पत्ति निगरानी गर्नू

काठमाडौं । नेपाल 'ग्रे लिष्ट'मा परेपछि नेपाल राष्ट्र बैंकले नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी गतिविधिमा आफ्ना ग्राहकहरूको निगरानी राख्न नयाँ व्यवस्था लागु गरेको छ । राष्ट्र बैंकले तीनवटै संस्थालाई आफ्ना ग्राहकलाई वर्गीकरण गरेर सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी निगरानी राख्न निर्देशन जारी गरेको हो ।

ग्राहकको पहिचान तथा सोको सम्पुष्टि गर्दा संस्थाले ऐनको दफा ७ क र नियमावलीको नियम ४ तथा नियम ५ बमोजिम ग्राहकको पहिचान तथा सोको सम्पुष्टि गर्नुपर्नेछ । ग्राहकको नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचको आधारमा संस्थाले नियमावलीको नियम ३ बमोजिम ग्राहकको पहिचान तथा सम्पुष्टि गर्न सक्नेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो निर्देशन लागु गर्नका लागि संस्थाले व्यवस्थापकीय तहको अनुपालना अधिकारी प्रमुख रहने गरी एक अलग्गै विभाग तथा इकाई खडा गर्नु गरेर निगरानी गर्नुपर्ने व्यवस्था गरिएको छ । कार्यान्वयन अधिकारीको नियुक्ति तथा शंकास्पद कारोबार प्रतिवेदन राष्ट्र बैंकमा पठाउनुपर्नेछ । संस्थाहरूले कार्यान्वयन अधिकारी नियुक्ति गर्दा सम्बन्धित नियमनकारी निकायका पदाधिकारी वा उच्च व्यवस्थापनका कर्मचारीको एकाघर परिवार वा नजिकको नातेदार नरहेको यकीन गर्नुपर्नेछ ।

संस्थाले शंकास्पद कारोबारको प्रतिवेदन पठाउँदा त्यस्तो संस्थाको कार्यान्वयन अधिकारीको एकाघर परिवार वा नजिकको नातेदार को विवरण पठाउनुपर्ने भएमा निजबाहेक अन्य अधिकारीबाट प्रतिवेदन पठाउने व्यवस्था मिलाउनुपर्नेछ ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १९:०९
प्रतिक्रिया दिनुहोस्