site stats
बाह्रखरी :: Baahrakhari
देश
फोहोरले पुरेको अवस्थामा शव फेला, हत्याको आशंका
प्रतीकात्मक तस्बिर ।

काठमाडौ‌ । काठमाडौंको सुकेधारामा फोहोरले पुरेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।  ‌

काठमाडौं महानगरपालिका–४, सुकेधारास्थित धोवीखोला करिडोरको पश्चिमतर्फ शारदा डंगोल र तीर्थ श्रेष्ठको भत्किएको संरचनामा बनेको प्रयोगविहीन शौचालयभित्र फोहोरको थुप्रोले ढाकेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त शव ओखलढुंगाको मानेभञ्याङ गाउँपालिका–७ बस्ने वर्ष ५० का अडविर राईको रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । स्थानीयले दिएको जानकारीका आधारमा पुगेको प्रहरी टोलीले म्याट्रेस, सिरानी, झोला, फोहोर कपडा लगायतले पुरेर राखेको अवस्थामा शव भेटिएको उनले बताए । उक्त शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ ।

फोहोर हटाएर हेर्दा राईको टाउको, निधार र नाकमा धारिलो हतियारले प्रहार गरेको जस्तो देखिने चोट रहेको तथा अनुहार र कपालमा रगत लतपतिएको पाइएको प्रहरीले जनाएको छ । उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए । रासस

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  २२:१९
प्रतिक्रिया दिनुहोस्