site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नर्सको न्यून पारिश्रमिकमा प्रधानमन्त्रीको चासो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने स्पष्ट पारेका छन् । 

नर्सहरूले पनि न्यूनतम तलब नपाइरहेको सुनिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन नपाइने जिकिर गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आयोजना गरेको नेपाली ट्रेड युनियन आन्दोलनको ७८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

उनले श्रमिकहरू रोजगारदातामा रूपान्तरण हुन सक्ने भएकाले आफूहरूले त्यस प्रकारको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । 

उनले नेपाली समाजलाई जात, धर्म र संस्कृतिका नाममा विभाजन गर्ने तथा काम गर्न खोज्ने प्रवृत्तिलाई चिर्दै मुलुकको विकास र समृद्धिको बाटोमा अघि बढ्ने बताए । अहिले विरोधको लागि विरोध गर्ने प्रवृत्ति देखिएको भन्दै प्रधानमन्त्री ओलीले राम्रो काम गर्न नरोकिने उनले बताए । 

कार्यक्रममा हिमाल आरोही, उद्धारकर्ता र सम्बन्धित संस्थालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्