site stats
बाह्रखरी :: Baahrakhari
देश
संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं । संवैधानिक निकायका नियुक्त गरिएका ‘असंवैधानिक’ पदाधिकारीविरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ । रिटको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको छ ।

इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपनाप्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन् । इजलासले गत माग ३० गतेदेखि नै यस रिटलाई हेर्दाहेर्दैमा राखेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारले संविधानको व्यवस्था नै संशोधन हुने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेर नियुक्ति सिफारिस गरेको थियो । उक्त निर्णयविरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दायर गरेको रिटमा चार वर्षपछि सुनुवाइ प्रक्रिया अघि बढेको हो । 

सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नियुक्तिमा भाग लिएको आरोप लागेपछि रिटमाथिको सुनुवाइमा अवरोध सिर्जना भएको थियो । उनीपछि कामु प्रधानन्यायाधीशमा दीपकुमार कार्की आएपछि संवैधानिक इजलास गठन गरेर सुनुवाइ थालिए पनि रिटको टुंगो लागेको छैन ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्